NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सडक पैदलयात्रीको पहिलो अधिकार :  मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख मेयर बालेन्द्र शाह (बालेन) ले फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएका छन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत सो ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने पनि स्पष्ट पारेका छन् । ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ,’ उनले लेखेका छन्, ‘यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।’ मेयर शाह लेख्छन्, ‘सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ । यसैगरी सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पु-याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छाैँ ।’

मेयर शाहले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइने बताएका छन् । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको समेत उनले लेखेका छन्  ।

ताजा अपडेट

नेपालवाच विशेष