NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बेलायती प्रधानमन्त्रीले गरिन् विवादास्पद कर कटौतीको बचाउ

एजेन्सी । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको बचाउ गरेकी छिन् । यद्यपि यसको चारैतिर विवाद देखिएको छ ।

‘हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको ररुपमा त्यो गर्न तयार छु,’ उनले भनिन् ।

मिनी–बजेट छलफलपछि उनले बिबिसी र रेडियो लिड्स लगायतसँग सो कुरा बताएकी हुन् ।