बालकोटमा उम्मेदवार छान्दै एमाले

काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको बैठकले उम्मेदवार छनोटको मापदण्डबारे छलफल गरिरहको एक नेताले बताए ।
साथै, कतिपय निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुने बताइएको छ ।
एमालेका प्रतिनिधिसभातर्फ १६५ मध्ये ५६ निर्वाचन क्षेत्रका लागि उम्मेदवार सर्वसम्मत सिफारिस भइसकेका छन् ।
प्रतिक्रिया