राजनीतिक दलहरूलाई पूर्वराजा ज्ञानेन्द्रको यस्तो छ चेतावनी
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले पदलोभ र भागबण्डामा राजनीतिक केन्द्रित हुँदै गएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
शुक्रबार दसैँको अवसरमा भिडिओमार्फत शुभकामना दिँदै शाहले सो बताएका हुन् । उनले भनेका छन् ‘आज आस्था, सिद्धान्त र जनविश्वासका दृष्टि ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने जल्दोबल्दो प्रश्न बनेको छ । पदलोभ सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोग्नेका लागि राजनीतिक केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’
पूर्वराजा शाहले वर्तमान राजनीतिक परिस्थितिले जनतामा उत्साह नभएको टिप्पणीसमेत गरेका छन् । उनले भने, ‘पूर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनि मूलभूत महिमालाई विथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछु, पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ ।’
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया