लाल मोहम्मद हत्या प्रकरण : तीन नेपाली सार्वजनिक, अन्य केही पनि संग्लग्न रहेको आशंका

काठमाडौं । व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।
असोज ३ को साँझ काठमाडौंको गोठाटारमा भएको उक्त भएको उक्त घटनामा विभिन्न तबरले सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेका छन् ।
मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएको पाइएको प्रहरीको दाबी छ । काठमाडौंमा रहेका सुटरलाई हतियार दिएर उनीहरू घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।
पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको सुराकी गरेको पाइएको छ । उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेकोे जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए ।
मृतक मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी हत्या आरोपमा जेलजीवन बिताएर फर्किएका व्यक्तिसमेत थिए ।
उनको हत्यामा भारतीय खुपिया निकायको संग्लग्नता रहेको आशंका गरिएको छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया