… अनि महरा समानुपातिक सूचीबाट हटे
काठमाडौँ । अन्ततः माओवादीले कृष्णबहादुर महरालाई समानुपातिक सूचीबाट हटाएको छ । प्रत्यक्ष निर्वाचन लड्ने अनुमान गरिए पनि महरा समानुपातिकतर्फ बसेका थिए ।
तर अन्तिमपटक हेरफेर गर्नु अघि महरा समानुपातिकमा पनि नबसेका हुन् । माओवादीका उपाध्यक्ष रहेका महरालाई पार्टीले नभई उनकै आग्रहमा समानुपातिकबाट हटाइएको हो । पहिलो नम्बरमा महराको नाम सिफारिस गरिए पनि उनकै आग्रहमा नाम हटाइएको जानकारी माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले दिएका छन् ।
महराको नाम हटाएपछि हितराज पाण्डेलाई उनको ठाउँमा ल्याइएको छ । पटकपटक सांसद र धेरैपटक मन्त्री हुने अवसर पाएका महराले अरुलाई पनि अवसर दिन आफू हटेको जानकारी दिएका छन् ।
यस अघिका चुनावमा महराले दाङ र रोल्पाबाट चुनाव जितेका थिए । यसपटक पनि दाङबाट उठ्ने बताइएको थियो । तर उनले खस आर्य तर्फबाट समानुपातिकमा पनि बस्न अस्वीकार गरेका हुन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया