… अनि महरा समानुपातिक सूचीबाट हटे
काठमाडौँ । अन्ततः माओवादीले कृष्णबहादुर महरालाई समानुपातिक सूचीबाट हटाएको छ । प्रत्यक्ष निर्वाचन लड्ने अनुमान गरिए पनि महरा समानुपातिकतर्फ बसेका थिए ।
तर अन्तिमपटक हेरफेर गर्नु अघि महरा समानुपातिकमा पनि नबसेका हुन् । माओवादीका उपाध्यक्ष रहेका महरालाई पार्टीले नभई उनकै आग्रहमा समानुपातिकबाट हटाइएको हो । पहिलो नम्बरमा महराको नाम सिफारिस गरिए पनि उनकै आग्रहमा नाम हटाइएको जानकारी माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले दिएका छन् ।
महराको नाम हटाएपछि हितराज पाण्डेलाई उनको ठाउँमा ल्याइएको छ । पटकपटक सांसद र धेरैपटक मन्त्री हुने अवसर पाएका महराले अरुलाई पनि अवसर दिन आफू हटेको जानकारी दिएका छन् ।
यस अघिका चुनावमा महराले दाङ र रोल्पाबाट चुनाव जितेका थिए । यसपटक पनि दाङबाट उठ्ने बताइएको थियो । तर उनले खस आर्य तर्फबाट समानुपातिकमा पनि बस्न अस्वीकार गरेका हुन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया