ओलीको दम्भ र स्वेच्छाचारितासँगै बस्न नसकिने भएपछि मैले एमाले परित्याग गरें : घनश्याम भुसाल
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य तथा वैचारिक नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेका पूर्वउपमहासचिवसमेत रहेका भुसालले ओलीसँग नवौं महाधिवेशनदेखि नै वैचारिक संघर्ष गर्दै आएका थिए । गतवर्ष एमाले विभाजनपछि एमालेमै रहेका उनले १० औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । ओलीले टिकट नदिएपछि भुसाल ओलीसँग असन्तुष्ट रहेका थिए ।
शनिबार भुसालले एक विज्ञप्ति जारी गर्दै केपी ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको आरोप लगाएका छन् । ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछी पार्टीमा नरहने निष्कर्षमा पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
यस्ताे छ भुसालले जारी गरेकाे विज्ञप्ति


प्रतिक्रिया