पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं २ बाट पाइन् टिकट
काठमाडौं । माओवादी केन्द्रले काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा सो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो ।
घर्तीले रुपन्देही १ बाट निर्वाचनमा भाग लिने इच्छा देखाएपनि सो क्षेत्रमा गठबन्धनले घनश्याम भुसाललाई सघाउने भएपछि उनलाई २ बाट टिकट दिएको माओवादीका एक नेताले बताए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट माओवादीका नेता झक्कु सुवेदीले एमालेका पूर्वमहासचिव माधबकुमार नेपाललाई हराएका थिए । अघिल्लोपटक नेपालले जितेको यस क्षेत्रमा योपटक उनी रौतहट १ बाट चुनावमा भाग लिने भएपछि माओवादी केन्द्रले लिएको थियो ।
२०३४ साल कत्तिकमा रोल्पामा जन्मेकी घर्ती ३८ वर्षको उमेरमा सभामुख भएकी थिइन् । २०५२ देखि सुरु भएको माओवादी सशस्त्र युद्धमा महिला लडाकुको रुपमा होमिएकी उनी सोही साल माओवादीका उपमहासचिव वर्षमान पुनसँग जनवादी विवाह गरेकी थिइन् ।
झलनाथ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेकी उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा २ बाट विजयी भएकी थिइन् ।
ताजा अपडेट
-
बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने


प्रतिक्रिया