NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दशैंपछि पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडाैं । दशैं बिदापछि आइतबार खुलेको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आइतबार नेप्से ४१.५८ अंकले बढेर १८९५.३४ बिन्दुमा पुगेर रोकिएको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज कुल २२४ स्टकको  १४ हजार ५१६ वटा कारोबारबाट २४ लाख ७१ हजार ८९४ कित्ता  सेयर खरिदबिक्री हुँदा कुल ८१ करोड १७ लाख ८४ हजार ४८४ रूपैयाँ कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमा नै हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी वित्तको ४.३५ प्रतिशतले सेयरमूल्य बढेको छ । त्यस्तै विकास बैंकको ४.३४, प्रतिशतले बढेको छ । बैंकिङ १.९४, व्यापार ०.९६, होटल तथा पर्यटन १.९९, जलविद्युत २.४२, नीर्जीवन बीमा कम्पनी १.९३, उत्पादन २.६३, अन्य २.१४, लघुवित्त २.६, जीवन बीमा १.३, सामूहिक लगानी ०.७ र लगानी २.३९ प्रतिशतले बढेको छ ।

आइतबार सप्तकोशी विकास  बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेर २३०.९० रुपैयाँ पुग्यो । त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको मूल्य ९.८४ प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ट ८.७, मितेरी विकास ८.२३,  एक्सेल विकासका लगानीकर्ताले ७.९७ प्रतिशतका दरले कमाएका छन् ।

आइतबार ग्लोबल आइएमइ ब्यालेन्स फण्डको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ४.४८ प्रतिशतका दरले गुमाएका छन्  । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी ३.९६, आरबिबी म्युचल फण्ड १.९७, सिद्दार्थ इन्भेष्टमेन्ट १.९६ र सिटिजन म्युचल फण्डका लगानीकर्ताले १.८३ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ६९ लाख ८१ हजार ७४४ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा नबिल बैंक ३ करोड ४५ लाख १२ हजार रूपैयाँको कारोबार भयो ।

त्यस्तै हिमालयन डिष्टिलरी २ करोड ३० लाख ७ हजार, अपि पावर १ करोड ८२ लाख ६३ हजार र शिभम् एक करोड ६४ लाख ६० हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।