कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै मेचीनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सिधै आएर उनले अपराह्न ३ः३० बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकका रूपमा नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी रहेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शर्मालाई -यालीसहित उम्मेदवारी दर्ताका लागि ल्याइएको थियो ।
यसैगरी नकेपा ९एमाले० झापा जिल्ला इन्चार्ज अग्नि खरेलले प्रतिनिधिसभा सदस्यमै उम्मेदवारी मनोनयन गराएका छन् । उनको प्रस्तावकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाइँ र समर्थकका रूपमा पूर्व प्रदेश सदस्य श्रीप्रसाद मैनाली रहेका छन् ।
क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया