एमालेलाई झट्का दिंदै पूर्व माओवादीका प्रभु साहले दिए स्वतन्त्रमा उम्मेदवारी
काठमाडौं । एमालेले दिएको टिकटलाई लत्याउँदै प्रभु साहले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । रौतहट ३ बाट एमालेबाट उठ्ने तयारी भए पनि साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
साह पूर्व माओवादी हुँदै एमालेमा पुगेका नेता हुन् । एमालेले जसपासँग चुनावी तालमेल गरेपछि आक्रोशित बनेका साहले अन्ततः एमालेलाई अस्वीकार गर्दै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको स्वतन्त्र समूहले रौतहटका अन्य क्षेत्रमा पनि उम्मेदवारी दर्ता गराएको छ ।
एमालेबाट टिकट लिएपछि जसपाको बचाउमा आफू पनि लाग्नुपर्ने भन्दै उनले यस्तो नगर्ने मनसायले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताएकाह हुन् । मधेसमा साम्प्रदायिकता र भ्रष्टाचार गर्नेसँग मिलेर जान नसक्ने भन्दै आफू स्वतन्त्रबाट अघि बढेको उनले बताएका छन् । मधेस नै जसपाको जिम्मा लगाउने निर्णय पार्टीले गरेपछि आफू एमालेबाट उम्मेदवार बन्न नसकेको उनको भनाई छ ।
साहले २०७४ सालमा भने माओवादीबाटै चुनाव जितेका थिए । तर एमाले र माओवादी विभाजन भएपछि उनी एमालेतिरै बसेका थिए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया