ठूला नेता जसले टिकट पाएनन्
काठमाडौं । ठूला दलका केही शीर्ष नेता नै प्रदेश तथा प्रतिनिधिसभाको टिकट पाउनबाट वञ्चित भएका छन् । आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा उम्मेदवार बन्ने तीव्र आकांक्षा पाल्दापाल्दै ठूला नेता टिकटबाट वञ्चित हुन पुगेका हुन् ।
एमालेका पूर्वउपाध्यक्ष भीम रावल र पूर्वउपमहासचिव घनश्याम भुसालले टिकट पाएनन् । उम्मेदवार मनोनयनको अघिल्लो दिन एमालेबाटै अलग भएका भुसालले रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्तागठबन्धन दलले सघाउने बचन दिएका छन् ।
कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री मीनेन्द्र रिजाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पनि टिकट पाउन सकेनन् ।
सत्तासाझेदार दल माओवादी केन्द्रमा टिकट नपाउने नेता अझ बढी छन् । हरिबोल गजुरेल, लीलामणि पोखरेल, गणेश शाह, त्रिलोचन भट्ट, कुलबहादुर केसी र लेखनाथ न्यौपाने माओवादीबाट टिकट नपाउने नेता हुन् । एकीकृत समाजवादीका डा. विजय पौडेलले पनि आगामी निर्वाचनमा कसैसँग प्रतिस्पर्धा गर्नेछैनन् ।


प्रतिक्रिया