NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार २०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ र तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार यसको मूल्य १ हजार २५५ रुपैयाँ निर्धारण गरिएको थियो ।