NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एक दिन पनि टिकेन सेयर बजारको हरियाली, कारोबार रकममा भने सुधार

काठमाडाैं । दशैंपछि पहिलो कारोबार दिन दोहोरो अंकले बढेको नेप्से दोस्रो कारोबार दिन सोमबार भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से २७.१६ अंकले घटेर १८७१.८२ विन्दुमा झरेको छ । आइतबार नेप्से ४१.५८ अंकले बढेर १८९५.४ बिन्दुमा पुगेर रोकिएको थियो ।

नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ ।  आज  २३३ स्टकको १७ हजार ८७६ वटा कारोबारबाट ३१ लाख ५५ हजार ६९५ रूपैयाँको सेयर खरिदबिक्री हुँदा ९७ करोड १७ लाख ६७ हजार ७१४ रूपैयाँको कारोबार भएको छ ।

आइतबार कुल २२४ स्टकको  १४ हजार ५१६ वटा कारोबारबाट २४ लाख ७१ हजार ८९४ कित्ता  सेयर खरिदबिक्री हुँदा कुल ८१ करोड १७ लाख ८४ हजार ४८४ रूपैयाँ कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानीकोषबाहेक सबैको घटेको छ । जसको सेयरमूल्य ०.८४ प्रतिशतले बढेको छ । आज घटेका उपसमूहरूमा बैंकिङ १.१४, व्यापार ०.५४, होटल तथा पर्यटन १.७५, जलविद्युत २.१५, नीर्जीवन बीमा कम्पनी १.४९, उत्पादन ०.८६, १.३४ प्रतिशतले घटेको छ ।

सोमबार अभियान लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५०१.९० रुपैयाँ पुग्यो । त्यस्तै एनएमबी हाइब्रिडको ३.६७, ग्लोबल आइएमइ ३.४९, एनआइसी एशिया प्लेक्सी क्याप ३.२७ र सहकार्य लघुवित्तका लगानीकर्ताले २.६८ प्रतिशतका दरले कमाएका छन् ।सोमबार हिमालयन इन्स्योरेन्स लघुवित्तमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै गरिमा डिवेञ्चर ८.१३, सिभिल लघुवित्त वित्तीय संस्था ६.३३, एग्रिकल्चर बैंक डिवेञ्चर ५.८६ र कर्णाली डेभलपमेन्ट विकास बैंकका लगानीकर्ताले ५.६ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा ५८ लाख ७७ हजार ४१४ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल इन्स्योरेन्स कर्पोरेट  ६ करोड ६ लाख १२ हजार रूपैयाँको कारोबार भए ।

त्यस्तै  नबिल बैंक ४ करोड ८२ लाख २० हजार, हिमालयन डिष्टिलरी ३ करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंक २ करोड ९ लाख ३९ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।