NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

त्रिशूली जलविद्युतको आइपिओमा ५८ हजारभन्दा बढीको आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका ५८ हजार जना बढी आवेदकले बाँकि रकमको लागि आवेदन दिएका छन् । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार बेलुका ५:३० बजेसम्ममा ५८ हजार ४ सय २२ जना आवेदकबाट १३ लाख ६९ हजार ६ सय १७ कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर बापतको बाँकी रकमको लागि ४ असोजबाट आवेेदन खुलाएको हो । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्काशन गरी प्रति शेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको शेयर बाँडफाँडमा शेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान वमोजिम शेयरधनीले प्रति कित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र बोर्डले आश्वा शुल्क छुट दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष