१२ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार यसको मूल्य तोलामा ९५ हजार २०० रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ र चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबारको तुलनामा आज चाँदी १५ रुपैयाँले घटेको हो । यसको मूल्य अघिल्लो दिन १२ सय ३० रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया