१० वर्षदेखि खाता खोली निष्क्रिय खातावालालाई सम्पर्कमा आउन सनराइज बैंकको आग्रह

काठमाडौं । सनराइज बैंक लिमिटेडले १० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबारमा नभएका खाता सूचारु गर्न आग्रह गरेको हो ।
बैंकले १० वर्षदेखि खाता खोलेर निष्क्रिय भएका खातावालाहरुलाई सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । उक्त समयभित्र खाताहरु सक्रिय नभएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त खाताहरु बैंकले बन्द गरिदिने सूचनामार्फत जानकारी गराएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया