१० वर्षदेखि खाता खोली निष्क्रिय खातावालालाई सम्पर्कमा आउन सनराइज बैंकको आग्रह
काठमाडौं । सनराइज बैंक लिमिटेडले १० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबारमा नभएका खाता सूचारु गर्न आग्रह गरेको हो ।
बैंकले १० वर्षदेखि खाता खोलेर निष्क्रिय भएका खातावालाहरुलाई सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । उक्त समयभित्र खाताहरु सक्रिय नभएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त खाताहरु बैंकले बन्द गरिदिने सूचनामार्फत जानकारी गराएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया