नेपालमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैर आवाशीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताएका छन् ।
‘नेपालमा लगानीको वातावरण छ । पूराना र जटिल कानूनहरु परिवर्तन भएका छन् । अरु बाँकी कानूनहरु परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईले अन्य देशमा पाउने भन्दा राम्रो छ,’ उनले भने ।
गैर आवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न सुरु गरेको बताउँदै यसलाई थप प्रभावकारीरुपमा अगाडि बढाउन उनले आग्रह गरे ।
नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैर आवासीय नेपालीहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
‘तपाईहरुले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने ।
उक्त अवसरमा उनले गैर आवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरुभएको जानकारी गराए ।
उनले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैर आवासीय नेपाली संघलाई आग्रहसमेत गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया