विश्वका आधा गरिबलाई ऋण राहत दिनुपर्नेमा जोड
काठमाडाैं । विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी संकटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले जोड दिएको छ ।
विकासशील ५४ वटै देश गम्भीर ऋण समस्यामा रहेका तथा जलवायु जोखिमको उच्च सूचीमा रहेका विश्वका ५० राष्ट्रमध्ये २८ वटालाई चरम वित्तीय आवश्यकता रहेको युएनडिपीले बताएको छ । ती देशले ऋण पुनःसंरचनामा पहुँच नपाएमा गरिबी बढ्ने तथा जलवायु अनुकूलनका निम्ति आवश्यक लगानी गर्न नसक्ने उसको विश्लेषण छ ।
गरिबीको दुष्चक्रबाट उनीहरूलाई जोगाउन तथा उनीहरूको ऋणको बोझ व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायले विलम्ब गर्ननहुनेमा उक्त संस्थाले जोड दिएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रभावकारी ऋण पुनःसंरचनाका साथै ऋण राहतको प्रस्ताव पनि युएनडिपीले अन्तर्राष्ट्रिय समुदाय एवं धनी राष्ट्रसँग गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया