प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी यही आउने कार्तिक १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने जनाएको छ ।
तालिममा सहभागी हुन न्युनतम एसएलसी उतीर्ण वा सो सरह परीक्षण उतीर्ण गरेको हुनुपर्ने छ । त्यस्तै नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति हुनुपर्ने भएको छ ।
तालिममा सहभागी हुन चाहानेले कार्तिक १४ गतेभित्र तोकेका काजगसहित कम्पनीका आवेदन दिन आग्रह गरेको छ । कम्पनीका अनुसार तालिम शुल्क २ हजार रुपैयाँ सहित आवेदन पेश गर्नुपर्ने हुन्छ ।
संस्थागत बीमा अभिकर्ताको हकमा सहभागी सञ्चालन पदमा रहेको प्रमाण खुल्ने आधिकारिक पत्र, तालिममा सहभागी हुनेसम्बन्धी सञ्चालक समितिको निर्णयको माइन्युटको निर्णय उतार, कम्पनीको प्रबन्धपत्र तथा नियमाली, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट /प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिएको अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा लेखापरीक्षण भएको वित्तिय विवरण पेश गर्नुपर्ने उल्लेख छ ।
उक्त तालिम प्रभु इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया