NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बागी उम्मेदवारलाई पाँच वर्ष कांग्रेसको ढोका बन्द

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निस्कासन गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन लगायत केही क्षेत्रमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेताहरूलाई समयसीमाभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए ।

समयसीमाभित्र चितवन लगायत केही क्षेत्रमा उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई कांग्रेसले कारवाही गरेको हो । आगामी निर्वाचनमा कांग्रेसले माओवादी, एकीकृत समाजवादी, लोसपा र राजमोसँग चुनावी तालमेल गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष