देउवाविरूद्ध ८४ र प्रचण्डविरूद्ध ९९ वर्षिया वृद्धको उम्मेदवारी
काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि तयारी सुरू भइरहँदा शिर्ष नेताका विरूद्ध रोचक उम्मेदवारी परेका छन् ।
यतिबेला प्रधानमन्त्री शेबहादुर देउवाकाविरूद्ध डडेल्धुरा मा ८४ वर्षिय कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी देउवाभन्दा ७ वर्षले जेठा हुन् ।
पूर्वकर्मचारीसमेत रहेका रावलले ०५६ पछिका चुनावमा निरन्तर देउवाविरूद्ध उम्मेदवारी दिँदै आएका छन् । पाँच पटक प्रधामन्त्री भएपनि आफ्नो जिल्ला विकासका लागि देउवाले केही पनि नगरेको रावलको गुनासो छ ।
रावलसँगै देउवाविरूद्ध डडेल्धुरामा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राप्रपाबाट गोबिन्द खडायतलगायतको उम्मेदवारी परेको छ । त्यस्तै स्वतन्त्रबाट सागर ढकाल, विक्रमबहादुर शाही, दानबहादुर पाल र लालबहादुर कठायतले उम्मेदवारी दिएका छन् ।
अर्कोतर्फ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) का विरूद्ध पनि ९९ वर्षिय टिकादत्त पोखरेलले उम्मेदवारी दिएका छन् । उनले गोरखा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यसअघि नेपाली सेनाम कार्यरत पोखरेल राना शासनकाविरूद्ध लड्नका लागि सेनाको जागिर छोडेका थिए । उनीविरूद्ध एमालेबाट अब्दुस मियाँ, बागीतर्फ कांग्रेस नेतृ माधवी भट्ट पराजुलीलगायतले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया