दुई दिनको गिरवाटपछि नेप्से उकालो, कारोबार रकममा सुधार

काठमाडौं । दुई दिन लगातार गिरावटपछि नेप्से बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज कुल २२३ स्टकको १४ हजार १८६ वटा कारोबारबाट २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड १७ लाख ३७ हजार ८९४ रूपैयाँको कारोबार भएको छ । मंगलबार ५५ करोड २७ लाख १२ हजार ८८५ रूपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये २३ उपसमूहबाहेक सबैको सेयर बढेको छ । जसमा व्यापारको ०.७७, सामूहिक लगानीकोष १.७१ प्रतिशतका दरले घटेको छ ।
आज बढेका उपसमूहरूमा बैंकिङ ०.३४, होटल तथा पर्यटन ०.९१, विकास बैंक २.०९, जलविद्युत ०.८२, नीर्जीवन बीमा कम्पनी ०.६३, उत्पादन २.६८, अन्य ०.९६, लघुवित्त ०.४४, जीवन बीमा ०.५७ र लगानी ०.२३८ प्रतिशतले घटेको छ ।
बुधबार अभियान लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै माहुली लघुवित्त वित्तिय संस्था ५.५१, प्रोग्रेसिभ फाइनान्स ५.३५, दिव्याश्वरी हाइड्रोपावर ४.६२, जोशी हाइड्रोपावर ४.५९ प्रतिशतकाक दरले कमाएका छन् ।
आज ८.५ प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिवेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै ९.८३ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै एनएमबी हाइब्रिड ५.७३, ग्लोबल आइएमइ ब्यालेन्सड ३.७८, सानिमा लार्ज क्याप फण्ड ३.४७ र एनआइबिएल २.५९ प्रतिशतले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको २ करोड ४० लाख ११ हजार ६५२ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा रिदी पावर कम्पनी २ करोड २ लाख ६३ हजार रूपैयाँको कारोबार भयो ।
त्यस्तै एनआइसी एशिया लघुवित्त वित्तिय संस्था १ करोड ८९ लाख ७७ हजार, गुर्खाज फाइनान्स एक करोड ८१ लाख एक हजार र हिमालयन एभरेष्ट इन्स्योरेन्स एक करोड ६९ लाख ६७ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया