प्रचण्डविरूद्ध चुनाव लड्ने घोषण गरेकी भट्टले फिर्ता लिइन् उम्मेदवारी
काठमाडौं । आगामी कंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा गोरखा २ बाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ डा माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
गाेरखामा कांग्रेसको भोटको रजाइ गर्न नदिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) विरूद्ध बागी उम्मेदवारी दिएकी भट्टले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी हुन् ।
आज समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितीजन्य अवस्थाको समिक्षा गरी यो निर्णय लिएको बताएकी छिन् ।
‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितीजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छु,’ उनले भनेकी छिन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया