काभ्रे २ (ख)बाट हुमागाईंले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता बसुन्धरा हुमागाईंले काभ्रे २ (ख) बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् । यस अघि प्रदेश सांसद र मन्त्री बनेका हुमागाईंले दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । यो प्रदेशसभा क्षेत्र खमा सत्ता गठबन्धनका कञ्चनचन्द्रबादे श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनकै दुई जनाको उम्मेदवारी परेपछि हुमागाईंले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी फिर्ता लिन हुमागाईंले निवेदन दिएको भन्दै उम्मेदवारको सूचीबाट उनको नाम हटाइएको जनाएको छ । एमालेबाट कुमार थापा प्रतिस्पर्धामा छन् ।
सत्ता गठबन्धनमा काभ्रे २ क क्षेत्र नेकपा समाजवादीले पाएको छ । जहाँ समाजवादीका लक्ष्मण लम्साल उम्मेदवार छन् । एमालेबाट कुमारप्रसाद खकुरेल प्रतिस्पर्धामा छन् ।
काभ्रे २ को प्रतिनिधिसभा क्षेत्रमा एमालेबाट गोकुल बाँस्कोटा र कांग्रेसबाट शिवप्रसाद हुमागाईं उम्मेदवार छन् । स्वतन्त्रका मनोज पण्डितले पनि उम्मेदवारी दिएका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया