काभ्रे २ (ख)बाट हुमागाईंले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता बसुन्धरा हुमागाईंले काभ्रे २ (ख) बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् । यस अघि प्रदेश सांसद र मन्त्री बनेका हुमागाईंले दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । यो प्रदेशसभा क्षेत्र खमा सत्ता गठबन्धनका कञ्चनचन्द्रबादे श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनकै दुई जनाको उम्मेदवारी परेपछि हुमागाईंले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी फिर्ता लिन हुमागाईंले निवेदन दिएको भन्दै उम्मेदवारको सूचीबाट उनको नाम हटाइएको जनाएको छ । एमालेबाट कुमार थापा प्रतिस्पर्धामा छन् ।
सत्ता गठबन्धनमा काभ्रे २ क क्षेत्र नेकपा समाजवादीले पाएको छ । जहाँ समाजवादीका लक्ष्मण लम्साल उम्मेदवार छन् । एमालेबाट कुमारप्रसाद खकुरेल प्रतिस्पर्धामा छन् ।
काभ्रे २ को प्रतिनिधिसभा क्षेत्रमा एमालेबाट गोकुल बाँस्कोटा र कांग्रेसबाट शिवप्रसाद हुमागाईं उम्मेदवार छन् । स्वतन्त्रका मनोज पण्डितले पनि उम्मेदवारी दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया