NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

काठमाडौं ४– रविका उम्मेदवारको समर्थन गगनलाई

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरूण श्रेष्ठले कांग्रेसका गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं. ४ मा दिएको उम्मेदवारी बुधबार फिर्ता लिएका हुन् ।

युवा युवाबीच प्रतिस्पर्धा नगरेर समर्थन गर्नुपर्ने आवश्यकता बोध गरेर आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठले बताए ।

पार्टीसँगको छलफलको आधारमा उम्मेदवारी फिर्ता लिएको हो या व्यक्तिगत रूपमा भन्नेबारे उनले केही खुलाएका छैनन् ।