निर्वाचन सम्पन्न नै नभई मनाङ्गेको जीतबारे समाचार आएपछि आयोगको ध्यानाकर्षण
काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता विपरित सामाजिक सञ्जालमा राजनीतिक दल र उम्मेदवारका मत सर्वेक्षण गरेकोबारे ध्यानाकर्षण गरेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतनिधिसभा तथा प्रदेश निर्वाचनका लागि आचारसंहिता लागू भइरहेको छ । मतदान नभएसम्मका लागि उम्मेदवार वा राजनीतिक दलको मत परिणाम सम्बन्धी कुनै मत सर्वेक्षण नगर्न र सर्वेक्षणको परिषाम घोषणा गर्न वा प्रकाशन नगर्न आयोगले जनाएको हो ।
निर्वाचन सम्पन्न नै नभई प्रतिनिधिसभा उम्मेदवार दीपक मनाङ्गेले मनाङ क्षेत्र नं ६ बाट जीतको खाता खोलेको भन्दै सबैजसो सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएका थिए ।
‘निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइनेबारे आचारसंहितामा स्पष्ट उल्लेख छ ।
त्यस्तै, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था छ ।
यस्ता कार्य गरेमा कानुनअनुसार कारवाही हुनेबारे आयोगले पुनः अवगत गराएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया