सनराइज क्यापिटलको साधारण सभा कार्तिक १८ गते हुने
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले कार्तिक १८ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको असोज ११ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ वर्षको मुनाफाबाट २५ प्रतिशत करसमेतको नगद लाभांशलाई पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २९ (२) मा संशोधन गरी स्वतन्त्र व्यवसायिक सञ्चालकको कार्यकाल चार वर्ष कायम गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया