NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

सनराइज क्यापिटलको साधारण सभा कार्तिक १८ गते हुने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले कार्तिक १८ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको असोज ११ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ वर्षको मुनाफाबाट २५ प्रतिशत करसमेतको नगद लाभांशलाई पारित गर्ने भएको छ  । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २९ (२) मा संशोधन गरी स्वतन्त्र व्यवसायिक सञ्चालकको कार्यकाल चार वर्ष कायम गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष