NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रावलले ओलीमाथि लगाए यस्ता आरोप (पूर्णपाठसहित)

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्नखाले टिप्पणी गरेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि आक्रोशित बनेका नेता रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी गरेका छन् ।

संसद्मा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा ओली कहिल्यै सहभागी नभएको भन्दै उनले कटाक्षसमेत गरेका छन् । आफूले बोल्न मन लागेका विषय बोल्नुपर्दा मात्र ओली संसद्मा उपस्थित भएको रावलको भनाइ छ ।

‘झण्डै दुई–तिहाइको प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने ?’ भन्दै रावलले ओलीमाथि कटाक्ष गरे ।

तर, आफू देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसद्मा र संसदीय समितिमा आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहेको दाबी गर्दै रावलले प्रश्न गरे, ‘क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि म उम्मेदवार हुन नपाउने किन ?’

एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरूको हकमा यो व्यवस्था लागू नगरेको रावलले आरोप लगाए ।

उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्नेसमेत बताए ।

केही व्यक्तिले गितमा एमालेको उछित्तो काढ्ने गरेको, विदेशीको चाटुकार गरेकाले आफूले उनीहरूलाई मत माग्न नसक्ने रावलको टिप्पणी गरे ।

देशभक्त, माक्र्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र आफूले सहयोग गर्ने उनले स्पष्ट पारे ।

यस्तो छ रावलले राखेको धारणाको पूर्णपाठ :

रावलले एमाले नछोड्ने