रावलले ओलीमाथि लगाए यस्ता आरोप (पूर्णपाठसहित)
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्नखाले टिप्पणी गरेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि आक्रोशित बनेका नेता रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी गरेका छन् ।
संसद्मा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा ओली कहिल्यै सहभागी नभएको भन्दै उनले कटाक्षसमेत गरेका छन् । आफूले बोल्न मन लागेका विषय बोल्नुपर्दा मात्र ओली संसद्मा उपस्थित भएको रावलको भनाइ छ ।
‘झण्डै दुई–तिहाइको प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने ?’ भन्दै रावलले ओलीमाथि कटाक्ष गरे ।
तर, आफू देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसद्मा र संसदीय समितिमा आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहेको दाबी गर्दै रावलले प्रश्न गरे, ‘क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि म उम्मेदवार हुन नपाउने किन ?’
एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरूको हकमा यो व्यवस्था लागू नगरेको रावलले आरोप लगाए ।
उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्नेसमेत बताए ।
केही व्यक्तिले गितमा एमालेको उछित्तो काढ्ने गरेको, विदेशीको चाटुकार गरेकाले आफूले उनीहरूलाई मत माग्न नसक्ने रावलको टिप्पणी गरे ।
देशभक्त, माक्र्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र आफूले सहयोग गर्ने उनले स्पष्ट पारे ।
यस्तो छ रावलले राखेको धारणाको पूर्णपाठ :
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया