NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकममा सुधार

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ४.१५ अंकले बढेर १८७०.६० विन्दुमा पुगेर रोकेको छ ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज कुल २२२ कम्पनीको १७ हजार १४५ कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ९६ लाख ४६ हजार ९२० रूपैयाँको कारोबार भएको छ । बुधबार २२३ स्टकको १४ हजार १८६ वटा कारोबारबाट २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड १७ लाख ३७ हजार ८९४ रूपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युतबाहेक सबैको सेयरमा हरियाली छाएको छ । जलविद्युतको सेयरमूल्य ०.१२ प्रतिशतले घटेको छ ।

आज बढेका उपसमूहरूमा बैंकिङ ०.०७, व्यापार ०.०६, होटल तथा पर्यटन ०.१९, ,  विकास बैंक १, वित्त ०.८९, नीर्जीवन ०.४३, उत्पादन १.५३, अन्य ०.१९, लघुवित्त ०.०९, जीवन बीमा ०.१७, सामूहिक लगानीकोष ०.१३ र लगानी ०.२ प्रतिशतका दरले बढेको छ ।

बिहीबार  अभियान लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै रू रू ८.१४, सामूदायिक लघुवित्त ५.१६, शिभम् सिमेन्ट ३.७१ र सबैको लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले कमाएका छन् ।

सिटिजन म्युचल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.४५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै मितेरी विकास बैंक ३.९२, ८.५ प्रतिशत एभरेष्ट बैंक ३.८३, ८.५ नेपाल इन्भेष्टमेन्ट ३.४७ र ग्लोबल आइएमइका लगानीकर्ताले ३.४६ प्रतिशतका दरले गुमाएका छन् ।

आज ८।५ प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिवेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै ९।८३ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै एनएमबी हाइब्रिड ५।७३, ग्लोबल आइएमइ ब्यालेन्सड ३।७८, सानिमा लार्ज क्याप फण्ड ३।४७ र एनआइबिएल २।५९ प्रतिशतले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको ३ करोड ४० लाख ३५ हजार २०२ रूपैयाँको कारोबार भयो । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३ करोड २७ लाख २५ हजार रूपैयाँको कारोबार भयो ।

त्यस्तै शिभम् २ करोड ९१ लाख १७ हजार, रिदी पावर २ करोड ८३ लाख ६६ हजार र हिमालयन डिष्टिलरी २ करोड ८२ लाख ३६ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।