युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो पार्दै नेटो गठबन्धन
काठमाडौं । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्र उपलब्ध गराउने घोषणा गरेको छ ।
पछिल्ला क्षेप्यास्त्र हमलापछि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन् ।
अमेरिकाले भने यसअघि नै सो बाचा गरेको थियो ।
जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ ।
ब्रसेल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता बाचाहरू गरिएका हुन् ।
यता, किएभले उक्त सम्मेलनलाई ‘ऐतिहासिक’ बताएको बिबिसीले जनाएको छ ।
किएभका अनुसार गत सोमवार र मङ्गलवार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको थियो ।
हमलाको पहिलो दिनमा कम्तीमा १९ जना मानिस मारिएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया