NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो पार्दै नेटो गठबन्धन

काठमाडौं । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्र उपलब्ध गराउने घोषणा गरेको छ ।

पछिल्ला क्षेप्यास्त्र हमलापछि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन् ।

अमेरिकाले भने यसअघि नै सो बाचा गरेको थियो ।

जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ ।

ब्रसेल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता बाचाहरू गरिएका हुन् ।

यता, किएभले उक्त सम्मेलनलाई ‘ऐतिहासिक’ बताएको बिबिसीले जनाएको छ ।

किएभका अनुसार गत सोमवार र मङ्गलवार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको थियो ।

हमलाको पहिलो दिनमा कम्तीमा १९ जना मानिस मारिएका थिए ।