NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रत्यक्षतर्फको मतपत्र छापिँदै, उम्मदेवार नभएकाको चिह्न नराखिने

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली)कोे मतपत्र छाप्ने काम सुरु भएको छ ।

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको प्रवक्ता शालिग्राम शर्मा पौडेलनिकट स्रोतले जनाएको छ ।

यसपटक मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहनेछ । उम्मेदवार नउठेका ठाउँको चुनाव चिन्ह मतपत्रमा राखिने छैन ।

प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने बताइएको छ ।

समानुपातिकतर्फको मतपत्र छपाइ भने यसअघि नै सकिएको स्रोतले जनाएको छ ।

आगामी मंसिर ४ मा एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।

ताजा अपडेट

नेपालवाच विशेष