प्रत्यक्षतर्फको मतपत्र छापिँदै, उम्मदेवार नभएकाको चिह्न नराखिने
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली)कोे मतपत्र छाप्ने काम सुरु भएको छ ।
बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको प्रवक्ता शालिग्राम शर्मा पौडेलनिकट स्रोतले जनाएको छ ।
यसपटक मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहनेछ । उम्मेदवार नउठेका ठाउँको चुनाव चिन्ह मतपत्रमा राखिने छैन ।
प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने बताइएको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ भने यसअघि नै सकिएको स्रोतले जनाएको छ ।
आगामी मंसिर ४ मा एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया