दुई विद्यार्थी संगठनका नेताले भेटे बाबुराम
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन नेरास्ववियू (क्रान्तिकारी) र नेपाल समाजवादी विद्यार्थी युनियनका शीर्ष नेताहरूले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
आसन्न चुनावी अभियान र भावी वृहद् समाजवादी ध्रुवीकरणवारे महत्वपूर्ण छलफल भएको नेता भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भट्टराईले जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर नेसपा गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रकै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हतौडा लिएर मैदानमा उत्रँदै छ ।
समाजवादी विद्यार्थी युनियन नेसपाकै भ्रातृ संगठन हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया