दुई विद्यार्थी संगठनका नेताले भेटे बाबुराम

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन नेरास्ववियू (क्रान्तिकारी) र नेपाल समाजवादी विद्यार्थी युनियनका शीर्ष नेताहरूले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
आसन्न चुनावी अभियान र भावी वृहद् समाजवादी ध्रुवीकरणवारे महत्वपूर्ण छलफल भएको नेता भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भट्टराईले जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर नेसपा गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रकै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हतौडा लिएर मैदानमा उत्रँदै छ ।
समाजवादी विद्यार्थी युनियन नेसपाकै भ्रातृ संगठन हो ।
प्रतिक्रिया