ओलीले खेलाडीहरूलाई भने, ‘साथीहरू तपाईँको खेल म हेर्नेछु’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद आफूले हेर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै खेल हेर्न पोखरा रंगशालामा जान नपाए पनि घरमै बसेर हेर्ने बताएका छन् ।
‘खेलाडी साथीहरू ! नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सफलताको तपाईंहरू सबैलाई भब्य शुभकामना,’ उनले लेखेका छन्, ‘पोखरा रंगशालामा आउन नपाए पनि तपाईंहरूको खेल म हेर्नेछु ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ ।
प्रतियोगिता अन्तर्गतका खेलहरू एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने शुक्रबारमात्र हुन लागेको हो ।
अपराह्न साढे ३ बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्नेछन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया