थापाथली पुग्यो बालेनको डोजर !
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा डोजर चलाएको छ । सो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन महानगरले शुक्रबार डोजर चलाउन सुरु गरेको हो ।
महानगरले सुकुम्बासी बस्ती नजिकै निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
उनका अनुसार महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्रसम्ममा रहेका अनधिकृत संरचना हटाइरहेको छ ।
सो क्षेत्रमा क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचना अनधिकृत रहेको बताइएको छ ।
अवैध संरचना भत्काउने मेयर बालेन शाहको अभियान शुक्रबार थापाथलीमा पुगेको हो ।
यसअघि, बानेश्वर, न्युरोड, बालाजुलगायतका थुप्रै क्षेत्रमा महानगरको डोजर पुगिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया