थापाथली पुग्यो बालेनको डोजर !

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा डोजर चलाएको छ । सो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन महानगरले शुक्रबार डोजर चलाउन सुरु गरेको हो ।
महानगरले सुकुम्बासी बस्ती नजिकै निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
उनका अनुसार महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्रसम्ममा रहेका अनधिकृत संरचना हटाइरहेको छ ।
सो क्षेत्रमा क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचना अनधिकृत रहेको बताइएको छ ।
अवैध संरचना भत्काउने मेयर बालेन शाहको अभियान शुक्रबार थापाथलीमा पुगेको हो ।
यसअघि, बानेश्वर, न्युरोड, बालाजुलगायतका थुप्रै क्षेत्रमा महानगरको डोजर पुगिसकेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया