चार वस्तु आयातमा लगाएको प्रतिबन्ध तत्काल नखुल्ने
काठमाडाैं । सरकारले १५० सिसीभन्दा माथिका मोटरसाइकल, महंगा चार पाँग्रे सवारी, महंगा मोबाइल र विदेशी मदिरामामा लगाउँदै आएको आयात प्रतिबन्धले निरन्तरता पाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेसँगै अब मंसिर २९ गतेसम्म ती वस्तु आयात गर्न नपाउने भएको छ ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्धलाई थप गर्न सिफारिस गरेको हो ।
सरकारले विदेशी मुद्राको सञ्चिती माथि परेको दवाव, उच्च आयात, व्यापार घाटालाई कम गर्न भन्दा गत वैशाख १४ गतेदेखि कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको थियो ।
१४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिएको थियो ।
प्रतिबन्ध लम्ब्याउने सम्बन्धमा सरकारको निर्णय भने आइसकेको छैन ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया