मुख्यमन्त्री राउतले गरे कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राउतले कांग्रेसको तर्फबाट मधेश सरकारमा सहभागी तीनजना मन्त्रीलाई शुक्रबार बर्खास्त गरेको मधेश प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
बर्खास्त हुने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।
यसअघि, मुख्यमन्त्री राउतले राजीनामा नदिए बर्खास्ती गर्ने चेतावनी दिएका थिए ।
मधेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धबाट अलग भएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी सहकार्यमा जुटेको छ ।
यसै परिपेक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद्बाट जसपाका मन्त्रीहरूलाई बिहीबार नै बर्खास्त गरिसकेका छन् । यसैको प्रतिक्रियास्वरुप मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषद्बाट कांग्रेसका मन्त्रीलाई हटाएका हुन् ।

मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरूलाई भने, ‘चाँडै राजीनामा दिनू, नत्र हटाउँछु’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया