५ वर्षीया छोरीले भनेको नमान्दा आमाको गयो ज्यान

गाजियाबाद । भारतको उत्तर प्रदेशस्थित गाजियाबादको मसुरी सहरमा ३५ वर्षीया महिलाको दर्दनाक हत्याको घटना बाहिर आएको छ । गाजियाबादमा एक व्यक्तिले आफ्नी श्रीमतीको खुकरी प्रहार गरी हत्या गरेको खबर बाहिर आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार छोरीको कुराबाट रिसाएर आफ्नी श्रीमतीमाथि कुटपिट गरी उनको ज्यान लिएका छन् । उनले आफ्नी ५ वर्षकी छोरीलाई केही भन्दा नसुनेपछि रिसाएर आफ्नी श्रीमतीमाथि चक्कु प्रहार गरेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
महिलाका श्रीमानले मामूली कुरालाई लिएर आक्रोशित भएर छुरा प्रहार गरेको आरोप छ । प्रहरीले बिहीबार सो जानकारी दिएको हो ।
बुधबार राति सादाबले आफ्नी पाँच वर्षीया छोरी साबालाई बेडसिट ल्याउन भने तर उनी खेल्न व्यस्त थिइन्। यो देखेर शादाब यति रिसाए कि उनले आफ्नी श्रीमती शबाना उर्फ शब्बोलाई कुटपिट गरे । श्रीमतीले विरोध गर्दा उनले चक्कु प्रहार गरी उनको हत्या गरेका थिए ।
महिलाका बुवा महिलाका बुबा अली हसनले हत्याविरूद्ध मुद्दा दर्ता गराएका छन् । (हिन्दी समाचरबाट)
ताजा अपडेट
-
खनाल नेतृत्वको आयोगले बझायो अर्थमन्त्रीलाई प्रतिवेदन
-
मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
-
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
-
प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
-
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीले मिलेर तालिम सञ्चालन गर्ने
प्रतिक्रिया