NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

स्वतन्त्र उम्मेदवार गुरुङद्वारा चुनावी एजेण्डा सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

गुरुङले हालै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्ना एजेण्डा सार्वजनिक गरेका हुन् ।

पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ आफू चुनावी मैदानमा उत्रिएको गुरुङले बताए । साथै, परनिर्भरतामा रहेको देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

सो अवसरमा गुरुङले मुलुक राजनीतिक रुपमा क्यान्सरले ग्रसित बनेको आरोपसमेत लगाए ।

‘आर्थिक क्रान्ति गर्ने र देशलाई आर्थिक रुप्मा आत्मनिर्भर बनाउने मेरो योजना छ । अरु देशले पर्यटन व्यापार गरेर देश सम्पन्न बनाएजस्तै नेपाललाई किन पर्यटनमा सबल नबनाउने ?’ उनले प्रश्न गरे ।

देशका पर्यटन उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने आफूलाई क्षमता रहेको गुरुङले दाबी गरे ।

चलचित्र निर्देशक निश्चल बस्नेत र कोलिनविक्रम राणाले गुरुङलाई जिताउन आग्रह गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष