Breaking News : शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा उपचारकै क्रममा उनको निधन भएको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजले जनाएको छ ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते उक्त अस्पताल भर्ना गरिएको थियो ।
उनको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार, उनलाई युरिन इन्फेक्सन तथा छातीमा निमोनिया देखिएको थियो । यस्तै जोशीमा डेङ्गीको समेत संक्रमण देखिएको थियो ।
अस्पतालकाअनुसार जोशी भर्ना भएपछि केहि दिन उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । उनी दोहोरो संवाद गर्न सक्ने भइसकेका थिए ।
तर पछिल्लो ३–४ दिनदेखि खानामा अरुचि बढ्दै गएको र उनको स्वास्थ्यमा उतारचढाब देखिएको थियो । पछिल्लो समय उनी प्रस्ट रुपमा संवाद गर्न पनि नसक्ने भएका थिए ।
जोशी संस्कृतिविद् हुन् । उनका साहित्यिक रचना पनि उत्तिकै छन् । उनको जन्म वि.सं. १९७७ वैशाख ३० गते बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा बखुम्बहाल, ललितपुरमा भएको थियो ।
जोशीले तीनपटक नेपालको सर्वाधिक ठूलो धनराशीको मदन पुरस्कार पाएका थिए । जोशीको ‘हाम्रो लोक संस्कृति’का लागि वि. सं. २०१३ सालमा पहिलो पटक, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि वि. सं. २०१७ सालमा दोस्रोपटक र कर्णाली लोक संस्कृति नामक ग्रन्थका लागि वि.सं. २०२८ सालमा संयुक्त रूपमा तेस्रोपटक मदन पुरस्कार प्रदान गरिएको थियो ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा पुर्याएको योगदानका लागि उनलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ ।
नेपाली भाषामा जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक १०, नाटक पाँच, काव्य दुई र पाँच कथा संग्रह प्रकाशित छन् । नेवारी भाषाको समेत गणना गर्दा उनका कुल प्रकाशित कृतिको संख्या ५० छ ।
शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका छन्। यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन्।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया