भारतले पुन: लगायो डिजेल निर्यातमा कर, आजबाटै लागू

काठमाडाैं । भारत सरकारले डिजेल र हवाई इन्धन (एटीएफ) निकासीमा पुन: कर लगाएको छ । भारतको अर्थ मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै कर वृद्धि भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले डिजेलमा बढाएको करको प्रत्यक्ष असर नेपाललाई पर्ने सम्भावना छ । पेट्रोलियम पदार्थको उच्च मूल्यको मार खेपिरहेका नेपालीले पुन: डिजेलमा कर लगाउँदा यसको थप मार खेप्नुपर्ने छ ।
कर बढेसँगै अब डिजेल निर्यातमा प्रतिलिटर (भारू) १० रुपैयाँ ५० पैसा पुगेको छ । सडक तथा पूर्वाधारमा १.५० रुपैयाँ कर लाग्ने अर्थात् डिजेलमा निकासीमा कुल कर अब प्रतिलिटर १२ रुपैयाँ पुगेको छ भने एटीएफमा अब प्रतिलिटर ३ रुपैयाँ ५० पैसा लाग्ने भएको छ ।
पछिल्लो समय विश्वमा कच्चा तेलको मूल्यमा भएको वृद्धिलाई ध्यानमा राख्दै यस पटक कच्चा तेल, डिजेल र एटीएफमा भन्सार बढाउने निर्णय गरिएको भारतीय सरकारले जनाएको छ ।
भारतले यसभन्दा अघि जुलाई १, २०२२ मा पेट्रोलियम पदार्थको निर्यातमा कर लगाएको थियो । पेट्रोलमा लगाएको कर भने पहिले नै हटिसकेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया