NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’ ११ जनाको मृत्यु

एजेन्सी । बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।

युक्रेन नजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य सेनामाथि गोली हानेका रुसी रक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ ।

अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हाने र जवाफी गोली प्रहारमा मारिए जनाइएको छ । मन्त्रालयले यस घटनालाई आतङ्कवादी हमला भनेको छ ।

रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार समितिले पश्चिमी सैन्य जिल्लामा प्रशिक्षण सत्रको क्रममा शनिबार आक्रमण भएको हो । बन्दुकधारीहरू पूर्व सोभियत राज्यहरूका थिए । रुसी अधिकारीहरूले उक्त हमलालाई आतङ्कवादी कार्यको संज्ञा दिएका छन् ।