NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ओरालो लाग्यो नेप्से परिसूचक र कारोबार

काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्से परिसूचक ९ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलब ७२ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित भएको छ ।

कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयरकाे मूल्य उकालो लागेको छ भने ११ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण  २६ खर्ब ७६ अर्ब ३५ करोड ३४ लाख ४७ हजार सात सय ७८ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ बराबरको कारोबार भएकाे छ । गरिमा विकास बैंक चार करोड ८८ लाख ६ हजार, हिमालयन डिस्टिलरी  तीन करोड ३२ लाख ४३ हजार तीन सय ५७, शिवम् सिमेन्ट  दुई करोड ९९ लाख ८९ हजार एक सय दुई र रिडी पावर कम्पनी  दुई करोड ७८ लाख १४ हजार एक सय ७१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहेका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्ट्याण्र्डड चार्टड बैंक सात दशमलब २५, एभरेष्ट बैंक पाँच दशमलब १५, नेपाल एसबीआई बैंक तीन दशमलब ७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएपछि नकारात्मक सर्किट लागेको छ । सिटिजन बैंक सात दशमलब शून्य तीन, आशा लघुवित्त पाँच दशमलब ८६, मैलुङ खोला जलविद्युत् पाँच दशमलब ७७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३५ प्रतिशतले गुमाएका छन् ।