NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पहिलो आम निर्वाचन २०१५ : कांग्रेसले ७४ सिट ल्याउँदा कुन दलले कति ल्याएका थिए ?

काठमाडौं । संसदीय निर्वाचनको ६४ वर्षे इतिहासमा आगामी मंसिर ४ गते आठौंपटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ । गणतन्त्र स्थापनापछि जारी भएको नेपालको संविधान २०७२ बमोजिम दोस्रोपटक निर्वाचन हुन लागेको हो ।

२०६४ र ०७० को संविधानसभा निर्वाचनलाई गणना नगर्ने हो भने छैटौंपटक संसदीय निर्वाचन हुन लागिएको हो । यद्यपि नेपालको संविधान २०१९ लागु भएपछि २०४३ सालसम्म विभिन्न चरणमा भएका राष्ट्रिय पञ्चायतको निर्वाचनलाई यहाँ समावेश गरिएको छैन । २०१५ को संसदीय निर्वाचन यता २०४८, ०५१, ०५६ र ०७४ गरी पाँचपटक आम निर्वाचन भइसकेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ ८२५ सदस्यका लागि ५ हजार ६३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यीमध्ये ३३० उम्मेदवार समानुपातिकतर्फका हुन् । त्यसका लागि दलहरूले उम्मेदवारका बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । यो निर्वाचनमा भाग अधिकांश पुरानै दल चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस, एमाले, माओवादीलगायत केही दलहरू २०१५ सालको आम निर्वाचनमा भाग लिएकामध्ये पर्छन् । अघिल्ला निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र कम्युनिस्टबीच नै हुने देखिन्छ । त्यसैले नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचनको रुपमा वैधानिक मान्यता पाएको आम निर्वाचन २०१५ को सन्दर्भमा जनाकारी गराउन वाञ्छनीय देखिन्छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा प्रतिनिधि सभाको पहिलो निर्वाचन भएको थियो । १०९ सदस्यको लागि वि.सं. २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म (४५ दिन) लगाएर निर्वाचन सकिएको थियो । यहि निर्वाचनलाई नेपालको पहिलो जननिर्वाचित शासन सत्ताको अभ्यासको रुपमा लिइन्छ । वि.सं. २०१५ फागुन १ गते लागु गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।

प्रतिनिधि सभाको लागि तय गरिएको १०९ वटा सिटमा जम्मा ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । देशको कूल जनसंख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नको लागि योग्य रहेका थिए । देशभर विभिन्न चरणमा सकिएको यस निर्वाचानमा जम्मा ४२.१८% मतदान भएको थियाे ।

यस निर्वाचनमा मतदान गर्न पाउने नागरिकहरूको न्यूनतम उमेर २१ वर्ष कायम गरिएको थियो । १०९ मध्ये ७४ सिट जितेर नेपाली कांग्रेसले दुइतिहाइ बहुमत ल्याएको थियो । ४२.१८ मत खसेकोमा ३८ प्रतिशत भोट कांग्रेस एक्लैले पाएको थियो । नेकपाले ४ सिट जितेको थियो ।

यसैगरी नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट जितेका थिए । संयुक्त प्रजातन्त्र पार्टीले ५ सिट, नेपाल प्रजा परिषद्(मिश्र र आचार्य गुट)ले ३ सिट जितेको थियो । त्यतिबेला स्वतन्त्रबाट ४ सिट जितेको थियो ।

निर्वाचनपछि कांग्रेसका सभापति तथा संसदीय दलका नेता बीपी कोइराला देशको पहिलो प्रजातान्त्रिक निर्वाचित प्रधानमन्त्री भएका थिए । प्रतिनिधिसभाको पहिलो बैठक २०१६ साल असार १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । यसै दिनलाई संसदले हालसम्म प्रत्येक वर्ष संसद दिवसको रुपमा मनाउँदै आएको छ।

यस्ताे छ सूची ।

कांग्रेसतर्फ

१. गणेशमान सिंह

२. जगन्नाथ

३. चन्दलाल श्रेष्ठ

४. गृहबहादुर बस्नेत

५. मणिराम शास्त्री

६. पेशलकुमार पोखरेल

७. बलबहादुर राई

८. खङगबाहादुर कार्की

९. भूदेव राई

१०. देवानसिंह राई

११. लिलानाथ पाध्याय

१२. पदमनाथ रेग्मी

१३. कुलमान लिम्बु

१४.प्रेमराज आङ्दम्बे

१५. तेजमान तुम्बाहाङ्फे

१६. डबल सिं सेन लिम्बु

१७. गणेशप्रसाद उपाध्याय

१८. कृष्णप्रसाद भट्टराई

१९. भत्तेबहादुर बुढाथोकी

२०. ख.चेतुलाल चौधरी

२१. विश्वेश्वरप्रसाद कोइराला

२२. दि.ज्ञानचन्द्र सरदार

२३. अम्बरसिंह बस्नेत क्षेत्री

२४. डा.नागेश्वरप्रसाद सिंह

२५. सूर्यनाथदास यादव

२६. देवनाथ दास

२७. माधवप्रसाद रेग्मी

२८. सरोजप्रसाद कोइराला

२९. रुद्रप्रसाद गिरि

३०. महेन्द्रनारायण निधि

३१. रामनारायण मिश्र

३२. वेदीमाधव सिंह

३३. भागवत यादव

३४. सुवर्णशमेशर जवरा

३५. सुवर्णशमशेर जबरा

३६. विश्वबन्दु थाप

३७. पृथ्वीराज कँडेल

३८. शिपपति प्रताव सिंह

३९. परशुनारायण चौधरी

४०. ललित चन्द

४१. राधाकृष्ण कोठिया

४२. लोकेन्द्रबहादुर शाह

४३. द्वारिकालाल चन्द ठकुरानी

४४. दुर्गादत्त जोशी

४५. कृष्णराज लेखक

४६. कर्णबहादुर सिंह

४७. शिवराज पन्त

४८. शिवराज पन्त

४९. दिलबहादुर बुढाथापा

५०. भक्तबहादुर शाही

५१. निरबहादुुर पछाही

५२. राजा स्वयंप्रकाश विक्रम शाह

५३. नेबबहादुर मल्ल

५४. गणेशकुमार शर्मा

५५. जुद्धबहादुर खत्री क्षत्री

५६. टेकबहादुर घर्ती क्षत्री

५७. खडानन्द पाध्या

५८. अनिरुद्र उपाध्याय

५९. पं.पुरुषोत्तम शर्मा

६०. राज भरतवम मल्ल

६१. योगेन्द्रमान शेरचन

६२. क.प. गिरिप्रसाद बुढाथोकी

६३. निलाम्वर पन्थी

६४. सुवर्णशमशेर जबरा

६५. काशीनाथ गौतम

६६. अच्युतराज रेग्मी

६७. जमानसिंह गुरुङ

६८. एमबहादुर ठकुरी

६९. डिकबहादुर गुरुङ

७०. मीनबहादुर गुरुङ

७१. श्रीकान्त अधिकारी

७२. नरेन्द्रजंग गुरुङ

७३. पदमबहादुर

७४. श्रीभद्र शर्मा

नेपाल राष्ट्रवादी गोरखा परिषद्तर्फ

१. नरबहादर थापा क्षेत्री

२. गुणनिधि

३. सुरेन्द्रप्रसाद उपाध्याय

४. तिर्थमान लामा

५. हर्षजित लामा

६. ले. ज. मृगेन्द्रशमशेर

७. विष्णुप्रसाद उपे्रती

८. वेनीबहादुर कार्की

९. दुर्गानन्द प्रसाद

१०. जि.मुनिलाल थारु

११. ताराप्रसाद उपाध्याय

१२. इन्द्रसिंह रावल

१३. हरिदत्त पाध्याय

१४. विश्वनाथ सुवेदी

१५. कोमलबहादुर कँुवर

१६. ललितबहादुर घले

१७. भरतशमशेर जबरा

१८. देववीर पाण्डे

१९. भीमबहादुर कार्की

नेकपातर्फ

१. तुलसीलाल अमात्य

२. शेख फर्मान

३. हरदयाल महतो

४. कमलराज रेग्मी

संयुक्त प्रजातन्त्र पार्टीतर्फ

१. लोचन शमशेर

२. त्रिवेणी कुर्मी

३. काशीप्रसाद श्रीवास्तव

४. वाशुदेव तिवारी

५. धिरबहादुर गुरुङ

नेपाल प्रजापरिषद्तर्फ

१. जितबहादुर कार्की

२. निस्तार राय

३. शेख इन्द्रिस

स्वतन्त्रतर्फ

१. हरिलाल चौधरी

२. भीप्रसाद श्रेष्ठ

३. जयबहादुर महत क्षेत्री

४.राम दुलाल

 

ताजा अपडेट

नेपालवाच विशेष