NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, डिजेलको मात्रै १५.६० रूपैयाँ

काठमाडाैं । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै आईओसीले डिजेल र हवाई इन्धनको अत्याधिक मूल्य बढेर आएको जनाएको छ । पहिलोपटक १ अक्टोबरमा आईओसीबाट प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्य सूची बमोजिम पेट्रोल, डिजेललगायत अन्य पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले २० महिनाको लामो अन्तरालपछि नाफामा आएको निगमले जनाएको छ ।

पुनः अक्टोबर १६ अर्थात् असोज ३० मा आईओसीबाट मूल्य सूची प्राप्त हुँदा खासगरी डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमको भनाइ छ ।

सोअनुसार पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ, डिजेलमा प्रतिलिटर १५.६० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १०.२५ रुपैयाँ प्रतिलिटर बढेर आएको निगमले जनाएको छ ।

उक्त मूल्य बढेर आउँदा आयल निगमलाई डिजेलमा प्रतिलिटर ६.३४ रुपैयाँ, १८ करोड ५१ लाख र एलपी ग्यासमा ३२५.४४ प्रति सिलिण्डर (३७ करोड ६० लाख रुपैयाँ)  घाटा भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रुपैयाँ नाफा हुने प्रक्षपण गरिएको छ ।

निगमले हाल अन्तराष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य वृद्धि हुँदा अमेरिकी डलरसँग नेपालको रूपैयाँको विनिमय दर कमजोर हुँदै गएकाले यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सहज राख्न र आईओसीलाई बक्यैता रकम तिर्न चुनैती थपेको निगमले जनाएको छ ।

निगमले यसअघि आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा मूल्य नघटाइ बढिरहेको मूल्यनै कायम राखेको थियो । निगमले आईओसी, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रुपैयाँ रकम तिर्न बाँकी छ ।

पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग ७ अर्ब र वाणिज्य बैंकसँग ३ अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण गर्दै आएको निगमले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष