NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

झिनो अंकले घट्यो नेप्से, ५१ करोडको कारोबार

काठमाडाैं । साताको पहिलो दिन आइतबार ओरालो लागेको नेप्से दोस्रो दिन सोमबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा झरेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार कुल २१९ कम्पनीको १३ हजार ६०९ पटकमा १६ लाख ३१ हजार ३४९ कित्ता सेयर खरिदबिक्री हुँदा ५१ करोड ५८ लाख १८ हजार ९९० रूपैयाँको कारोबार भएको छ ।

आइतबार कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ मूल्यमा खरिद बिक्री भएका थिए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहमा हरियाली छाएको छ भने बाँकीको सेयर मूल्य घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको २ करोड ७९ लाख १९ हजार २१५ रूपैयाँको कारोबार भएको छ । प्रभु बैंक् २ करोड ६१ लाख ७५ हजार, रिदी पावर कम्पनी २ करोड २६ लाख ९९ हजार, हिमालयन डिस्टिलरी १८ लाख ९५ हजार र प्राइम कमर्सिल बैंक एक करोड ६२ लाख ८१ हजार रूपैयाँको कारोबार भई शीर्ष पाँच भित्र प्रवेश गरेका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको सेयर मूल्यमा ९.९९ प्रतिशतको बृद्धि भएको छ । कुमारी धनवृद्धि योजना ३.८५, इनफिनिटी लघुवित्त वित्तिय संस्था ३.८, एनआइबिएल प्रगति फण्ड ३.६५ र प्रभु बैंकका लगानीकर्ताले ३.५५ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले गुमाएको छ । बलेफी हाइड्रोपावर ५.१, रिलायन्स फाइनान्स ४.७२, स्टान्डर्ड चार्टट ४.४२ र बिन्ध्याबासिनी हाइड्रोपावरका लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाएका छन् ।