ओलीको स्वास्थ्यमा सुधार, आजै दुई कार्यक्रममा सहभागी हुँदै
काठमाडौं । मंगलबार अस्वस्थ भएपछि पूर्वनिर्धारित भेटघाट र कार्यक्रम स्थगित गरी झापास्थित निवासमा आराम गरिरहेका केपी ओलीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार भएपछि उनी आजै दुई कार्यक्रममा सहभागी हुँदैछन् ।
ओलीलाई मंगलबार रुघाखोकीसँगै ज्वरो आएको थियो । ओलीको सचिवालयले जनाएअनुसार, अहिले ज्वरो हराएको छ ।
स्वास्थ्यमा सुधार आएपछि ओली अहिले ११ बजे झापा क्षेत्र नं. १ धुलाबारी र २ बजे दमकमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन् ।
चुनावी अभियानका लागि ओली मंगलबार गृह जिल्ला झापा पुगेका थिए । उनी झापा–५ बाट उम्मेदवार छन् । उनी बिहीबारसम्म झापा रहने कार्यक्रम छ ।


प्रतिक्रिया