सेयर बजार निरन्तर ओरालो, ६४ करोडको कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिनदेखि नेप्से ओरालो लाग्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ विन्दुमा झरेको छ ।
बुधबार कुल २१६ स्टकको २० हजार २७४ पटकको कारोबारमा २१ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार कित्ता शेयर कारोबार भएको छ ।
बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।
आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ । यता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५४ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
बुधबार तीन स्टकको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । होटलको ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी नबिल बैंकको २ करोड ४१ लाख ५१ हजार, रिडी हाइड्रोपावर २ करोड ३३ लाख ४९ हजार, हिमालयन डिष्टजरी १ करोड ८६ लाख ६४ हजार र एनआइसी एशिया १ करोड ४४ लाख १२ हजार कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया