डलरको भाउ हालसम्मकै उच्च, एक डलरको १३३.१४ रूपैयाँ
काठमाडौं । अमेरिकी डलरको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको भाउ (खरिददर) १३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
यसअघि बुधबार (असोज २ गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०८ पैसा र खरिददर १३१ रुपैयाँ ४८ पैसन कायम भएको थियो ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८३ रूपैयाँ ३५ पैसा कायम भएको छ । यसको बिक्रीदर ८३ रुपैयाँ ७३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ १९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९३ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ ५२ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ८६ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९० पैसा कायम भएको छ ।
नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृिद्ध हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरु बताउँछन् ।
नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातीत बस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया