NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भिरबाट लडेर एककाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उनको मृत्यु भएको हो । गमाल बाटोबाट झण्डै ८० मिटर तल खसेकाे घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनको दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किएका थिए , गए राति गमाल भिरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।